अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई इटहरीमा सम्मान

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई इटहरीमा सम्मान

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई इटहरीमा सम्मान गरिएको छ । । इटहरी उपमहानगरपालिका २० स्थित तरहरा निवासी राईलाई मंगलबार इटहरीमा लेडी जेसिजले २३ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
राईलाई कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले संयुक्त रुपमा नगदसहित सम्मान गरेका हुन ।

दुई साताअघि काजकिस्तानको अस्थानामा भएको विश्वभरिका खेलाडी सम्मिलित परीक्षामा उत्तीर्ण भएकी राई पुम्से विधाका निर्णायक हुन् । राई १३ औं साफ गेमको स्वर्ण पदक विजेतासमेत हुन् ।

तेक्वान्दो खेलमार्फत नेपाललाई विश्वमा चिनाउन सफल भएको भन्दै राईलाई सम्मान गरिएको इटहरी लेडी जेसिज अध्यक्ष काफ्लेले बताइन् ।

राईसँगै नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेती र एकल महिला सरस्वती श्रेष्ठ खेलाललाई पनि सम्मान गरिएको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published.