इटहरी । ‘आत्मा बस्ने घर’ भन्दा तपाईलाई आश्र्चय लाग्न सक्छ । तर त्यहि घर हेर्न जिवित मानिसहरु घुम्न जान्छन् भन्दा अझ बढि आश्र्चय लाग्न सक्छ ।
यो आत्मा घर कोशी प्रदेशको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्की डाँडामा रहेको छ ।
आत्मा घर विश्वको १२औँ गन्तव्य स्थानमध्ये आठौँ स्थानमा सुचीकृत रहेको थियो ।

आत्मा बस्ने घरमा नाम्जे स्थित चिहानघारीमा रहेका १ सय १३ चिहान उत्खनन गरी एउटै ठाउमा कलात्मक घरबनाईएको छ ।

स्थानीय मगर समुदायले पुस्तौं पहिला दिवंगत भएका आफन्तजनको समाधि स्थललाई विषेश प्रकारले आत्मा घर बनाएपछि यो क्षेत्र पर्यटकको लागि आकर्षक स्थल बनेको छ ।

पछिल्लो समय आकर्षक गन्तव्य बनेको यो आत्माघर अवलोकनका लागि नेपाल सहित भारतीय पर्यटकहरु घुम्नका लागि आउने गरेका छन् ।

