शब्दकै आधारमा आकर्षक चित्र बनाउने एआई DALL–E.3   

शब्दकै आधारमा आकर्षक चित्र बनाउने एआई DALL–E.3  Â

इटहरी । अहिले सामाजिक सञ्जाल देखी घरका भित्तामा आकर्षक चित्रहरू टाँसिएको देख्न पाउँछौँ । हेर्दै आकर्षक र अद्भुत लाग्ने यस्ता चित्र कसले बनायो होला ? यस्ता चित्रकारलाई भेट्ने रहर सबैको मनमा जाग्न सक्छ । 

तर यस्ता आकर्षक चित्र कुनै मानिसले बनाएका होइन भन्दा तपाई अझ बढी आश्चर्यमा पर्न सक्नुहुन्छ ।   

यस्ता आकर्षक चित्रहरू विकसित नयाँ प्रविधि AI मार्फत बनाइएका हुन । त्यो पनि शब्दको वर्णन गरेर त्यसलाई चित्रमा उतारिएको हो ।Â

अहिले विकास भएको AI प्रविधि मार्फत बोलेर वा बयान गरेका आधारमा यस्ता चित्र तयार गर्न सकिन्छ ।Â

यस्तै अद्भुत चित्र सृजना गर्न सक्ने AI प्रविधिको बारेमा यस सामाग्री मार्फत जानकारी दिनेछौँ ।Â

अहिले बजारमा विभिन्न AI विशेषता भएका प्रोग्रामहरू पाइन्छन् । त्यस्तै AI प्रविधिमा आधारित प्रोग्राम हो DALL–E.3

यो DALL–E.3 प्रोग्रामले कुनै पनि शब्दको वर्णन गरेका आधारमा वा उसलाई दिएको टेक्स्टका आधारमा चित्र वा आकृति तयार गर्दछ  । DALL–E.3 हाल सम्मकै उच्च तहको इमेज वा चित्र सृजना गर्न सक्ने AI बनेको छ ।

DALL–E.3 ले मानिसको कल्पनालाई चित्र वा दृश्यमा परिवर्तन गरिदिन्छ । यो प्रविधि अहिले धेरै प्रयोग गरिने AI Tools मध्येमा पर्छ ।Â

DALL–E.3 लाई आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआई Open AI ले बजारमा ल्याएको हो । ओपन एआई (Open AI) त्यही कम्पनी हो, जसले च्याट जिपिटि (ChatGPT) बनाएको थियो ।

यो कम्पनीले च्याट जिपिटी(ChatGPT) बजारमा ल्याउनु भन्दा अगाडि नै आर्टिफिसियल इन्टेलिजेन्समा आधारित इमेज या आर्ट डिजाइन गर्न सक्ने DALL–E प्रोग्राम सन् २०२१ को जनवरी ५ मा बजारमा लन्च गरेको थियो । त्यस पछि सन् २०२२ को नोभेम्बरमा ओपन एआई कम्पनीले यस प्रोग्रामको भर्सन २ निकाल्यो । जसलाई (DALL–E.2) भनियो ।Â

अहिले यसैको थप परिष्कृत DALL–E.3 भर्सन बजारमा ल्याएको हो । यो अघिल्लो भर्सन भन्दा एडभान्स रहेको दाबी गरिएको छ ।Â

DALL–E.3 ले कसरी काम गर्छ ?

DALL-E.3 AI मार्फत बनाएको तस्बीर

यो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम भएकाले मानिसले दिएका लिखित टेक्स्टको आधारमा एउटा यथार्थपरक इमेज वा आर्टको डिजाइन बनाउँछ । 

आफूलाई चाहिएको इमेज वा आर्टको विवरण टेक्स्ट बक्समा लेखेपछि यसले स्वतः चार वटा १०२४ x १०२४ रेजोल्युसनको चित्रहरू बनाइदिन्छ ।

जस्तो सुकै लामो, जटिल र विस्तृत लिखित टेक्स्ट निर्देशन दिए पनि त्यसका आधारमा उच्च गुणस्तरका वास्तविक चित्रहरू तयार गर्दछ । 

यसको मुख्य कार्य भनेको टेक्स्टलाई इमेज वा चित्रमा बदल्न सक्नु हो । कुनै पनि व्यक्तिले उसको मस्तिष्कमा भएको सृजनशीलतालाई वर्णन गरेका आधारमा चित्रमा उतार्न सक्छ । यस प्रोग्रामले विभिन्न भाषामा दिएका निर्देशनहरुलाई पनि प्रोसेस गर्न सक्छ । 

यस प्रोग्रामबाट जस्तोसुकै शैली, कोण वा परिवेश अनुसारका सृजना तयार गर्न सकिन्छ । 

के छन् विशेषता ? प्रयोगकर्तालाई के हुन्छ फाइदा ?Â

DALL–E.3 ले अलग–अलग स्टाइल र अलग–अलग कन्सेप्टलाई जोडेर नयाँ खालको इमेज बनाउन सक्छ ।Â

यसले एउटा क्यान्भासमा रहेको इमेजलाई थप बढाउन पनि सक्छ । उदाहरणको लागि ओरिजिनल क्यान्भासमा एउटा घर मात्र छ भने त्यस घरको छेउमा रुख वा बगैँचा थप्न मिल्छ । व्यक्तिले जसरी त्यो क्यान्भासलाई अगाडि बढाउन चाह्यो, त्यसरी अगाडि बढाउन सकिन्छ ।

DALL–E.3 प्रोग्राम मार्फत ओरिजिनल इमेजमा पनि थाहा नहुने गरी एडिटहरु गर्न सकिन्छ । DALL–E.3 बाट ओरिजिनल इमेजमा केही कुरा थप्न र हटाउन पनि मिल्छ ।

यस्तै, कुनै ओरिजिनल इमेजलाई प्रेरणा लिएर ओरिजिनल भन्दा फरक र त्यो भन्दा राम्रो, आकर्षक इमेज वा आर्ट तयार गर्न सक्छ । 

DALL–E.3ले यथार्थपरक चित्रहरू बनाउन सक्ने भएकाले प्रयोगकर्तालाई फाइदा छ । यस मार्फत बनाएका चित्रको गुणस्तर पनि उच्च तहको हुँदा प्रयोगकर्ताले आफूलाई चाहिएको अवस्थामा प्रयोग गर्न सक्छन् ।Â

DALL–E.3को रेजोल्युसन पनि अन्यको भन्दा चार गुना बढी रहेको छ । क्याप्सन म्याचिङ र फोटोरियलिजमको लागि पनि प्रयोगकर्ताहरूले रुचाएका छन् ।Â

विभिन्न कलाकार तथा डिजाइनरहरूले आफ्ना सृजना तयार गर्न DALL–E.3 को प्रयोग गर्ने गरेका छन् ।Â

इन्जिनियर तथा कुनै आर्किटेक्चरहरूले पनि यो टुल्सको प्रयोग गरी आफ्नो कामलाई थप सहज बनाएका छन् । 

यो प्रोग्राम परम्परागत चित्रकला वा फोटोग्राफीको तुलनामा छिटो र कम खर्चिलो पनि रहेको छ । 

व्यवसायीक रूपमा वेवपेज डिजाइन, अनलाइन विज्ञापन निर्माण,मार्केटिङ, गेमिङ र अन्य क्षेत्रमा DALL–E.3 प्रोग्रामको प्रयोग हुने गरेको छ ।

Â

DALL-E.3 AI मार्फत बनाएको तस्बीर

के के छन् चुनौती ?

यसको मुख्य चुनौती भनेको बनाइएका चित्रहरूको कानुनी अधिकारको विषय हो । 

तयार भएका तस्बिर वा चित्रमा कसको स्वामित्व हुने वा कसले कपिराईट दाबी गर्ने विषयमा चुनौती देखिएको छ । 

बनाइएका नक्कली तस्बिर वा चित्रहरूको जोखिम पनि उत्तिकै रहेको छ । यसको गुणस्तर कायम गर्नु पनि उत्तिकै चुनौतीको विषय बनेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स भएका कारण यो भन्दा थप विशेषता भएका अन्य प्रविधिको विकासले यो प्रविधि ओझेलमा पर्न सक्ने चुनौती भविष्यमा हुन सक्छ । 

अर्को महत्त्वपूर्ण पक्ष, ए एआईले मानिसको कल्पनाशीलता वा मानवीय भावनात्मक गहिराइलाई चित्रमा कैद गर्न सक्दैन भन्ने तर्क रहेको छ । 

फोटोग्राफीमा पारेको प्रभावÂ

DALL-E.3 AI मार्फत बनाएको तस्बीर

DALL–E.3 प्रोग्रामले फोटोग्राफीको क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ । फोटोग्राफी पेशलाई गम्भीर सङ्कट पैदा गरेको छ ।

मानिसले गर्ने काम ए आइले गरिदिए पछि पेसाबाट विमुख हुनुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ । विश्व भरी नै फोटोग्राफी पेसाकर्मीहरू यो कुराले चिन्तित छन् । 

फोटोग्राफीले तयार गर्न असम्भव मानिएका चित्रहरू ए आइ मार्फत तयार गर्न सक्षम भएको तर्क पनि गर्ने गरिएको छ ।

तर जस्तो सुकै प्रविधि आए पनि मानिसको भावनाको गहिराई प्रविधिले व्यक्त गर्न नसक्ने भएकाले फोटोग्राफी सधैँ चलिरहन्छ भन्ने तर्कले फोटोग्राफरहरूलाई खुसी पनि दिएको छ । 

अन्त्यमा, एआई प्रविधिले नयाँ सम्भावनाहरू पनि खुलेको छ । प्रविधिको विकास क्रममा नयाँ नयाँ प्रोग्रामहरू त पक्कै आउँछन् नै । तर अहिले DALL–E.3 ले राम्रै प्रभाव पारेको छ । भविष्यमा थप विकास र परिष्कृत रूपमा आउने अपेक्षा गर्न सकिन्छ ।Â

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published.